स्टेशनरी व्यवसायीद्वारा राहत कोषमा ५१ हजार सहयोग

सुर्खेत : नेपाल स्टेशनरी तथा पुस्तक व्यवसायी संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ ।

सोमवार संघका अध्यक्ष सागर भुषालले  नगरपालिकाका उप-प्रमुख मोहनमाया ढकाललाई नगद ५१ हजार एक सय ५१ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

संघले आफ्ना सदस्यहरुबाट रकम संकलन गरेर राहत कोषलाई दिएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नगरपालिकाले थालेको अभियानमा सहयोग पुगोस् भनेर रकम संकलन गरेर हस्तान्तरण गरिएको अध्यक्ष भुषालले जनाए ।

नगरपालिकाका उप-प्रमुख ढकालले सहयोगका लागि पुस्तक व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरिन् । उनले सबैको सहयोगमा नगरपालिकाले कोरोना प्रतिकार्यलाई तीव्र बनाएको बताइन् र

प्रकाशित मितिः   ८ बैशाख २०७७, सोमबार १५:३०