कर्णालीमा २८२ जनाको र्‍यापिड टेस्ट, सबै रिपोर्ट नेगेटिभ

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरसको र्‍यापिड टेस्ट सुरु गरिएको छ । आज प्रदेशका विभिन्न जिल्लामा गरेर दुइ सय ८२ जनाको र्‍यापिड टेस्ट किटबाट परीक्षण गरिएको हो । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले सबैको रिर्पोट नेगेटिभ आएको जानकारी दिइन् ।

उनका अनुसार सुर्खेतमा दुइ सय २२, हुम्लामा २५ जना, सल्यानमा २२ जना, जाजरकोटका ११ जना र रुकुुमपश्चिममा दुई जनाको र्‍यापिड टेस्टबाट कोरोना भाइरसको परीक्षण गरिएको हो । भारत र अन्य देशबाट आएका व्यक्तिहरुको परीक्षण गरिएको भण्डारीले जनाईन् । र्‍यापिड टेस्टबाट मात्र पाँच हजारको कोरोना भाइरस परीक्षण गरिने योजना रहेको उनले जानकारी दिइन् । अन्य जिल्लामा तयारी भइरहेको र र्‍यापिड टेस्टका लागि डोल्पामा भोलि किट पठाउने तयारी गरिएको छ ।

यस्तै प्रदेश अस्पतालमा कोरोना परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालामा आजसम्म एकसय २९ जनाको परीक्षण गरिएको छ । सबै रिर्पोट नेगटिभ आएको छ । निर्देशक भण्डारीले काठमाडौँ परीक्षण पठाइएको नमुना पाँच सय ८६ मध्ये एकसय ७२ जनाको रिपोर्ट आएको र सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिईन् ।

प्रकाशित मितिः   ३० चैत्र २०७६, आईतवार १९:३६