स्याकद्धारा लेकवेशीलाई स्वास्थ्य सामग्री सहयोग

सुर्खेत : समाज जागरण केन्द्र (स्याक) नेपालले सुर्खेतको लेकवेशी नगरपालिकालाई कोरोना रोकथामका लागि आवाश्यक सामग्री सहयोग गरेको छ । हेल्भेटासको सहयोगमा स्याकले आज स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

दुइ सय ४० थान डिटोल साबुन, पाँच थान पीपीई, पाँच लिटर सेनिटाईजर, चार सय थान सर्जिकल मास्क उपलब्ध गराएको स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिए । आचार्यले लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारलाई आज संस्थाको कार्यालयमा सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुष्णप्रसाद खरेल र नगर स्वास्थ्य संयोजक रमेश गिरीको समेत उपस्थिति रहेको थियो । विपदको समयमा विभिन्न निकायबाट आएको सहयोगले स्थानीय तहलाई थप राहत मिलेको लेकवेशी नगरपालिका प्रमुख गगनसिंह सुनारले बताए । उनले आगामी दिनमा पनि नगरपालिका र स्याक नेपालका बीचमा समन्वय, सहकार्य एवम सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।