विपद् व्यवस्थापन कोषमा बौद्ध ग्रामिणको सहयोग

सुर्खेत :  बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्थाले कोरोना भाइरस प्रतिकार्य अभियानमा २५ लाख रुपैयाँ सहयाेग गरेको छ । कोरोना भाईरस (कोभिड-१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा सहकारी संस्थाले सहयोग गरेको हो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई संस्थाका उपाध्यक्ष सिंहबहादुर गुरुङ्ग, सचिव पासाङ्ग महतरा र कार्यकारी प्रमुख विशाल केसीले उक्त रकम हस्तान्तरण गरेका हुन् । सरकारको अभियानमा सहयोग पुर्याउन रकम प्रदान गरिएको संस्थाले जनाएको छ ।