म्यानेजमेन्टः इज दिस एजुकेशनल डस्वीन ?

दिनेश गौतम

संवाद एक 
‘फस्ट डिभिजन ल्याइस् ?’
‘अँ, ल्याँए ।’
‘साइन्स पढ्नी त होलास् ?’
‘अहँ, कमर्स पढ्ने कि भन्नी लाइरा’छ ।’
‘धइत् । त्यस्तो पनि पढ्ने हो काँइ ? त्यो काम नलाग्नीले पढ्नी विषय पनि तैंले पढ्ने हो ?’
संवाद दुई
‘कति प्रसेन्ट आयो ?’
‘६३ ।’
‘ए साइन्स पढ्नी भइस् होइन त अब ?’
‘होइन । म त कमर्स पढ्नी भएँ । ’
‘बौलाइस क्या ?’
संवाद तीन
‘कहाँबाट आयौ ?’
‘गोठीकाँडा ।’
‘कुन डिभिजन छ ?’
‘फस्ट ।’
‘साइन्समा हो नाम लेखाउने ?’
‘होइन, कमर्समा लेखाउने ।’
(नाक खुम्चाउँदै )
‘किन त त्यस्तो ? खै ह्याँ त फस्र्ट डिभिजन आएका जतिले साइन्समा एडमिसन गर्छन् त ।’
यी माथि उल्लेखित एवम् यस्तै प्रकारका अनेकन संवादमा जवाफ दिने म प्रतिनिधिपात्र मात्र हुँ, यो जवाफको र रोज सोच्दछु, हरेक वर्ष एसएलसी फस्ट डिभिजन पास भएर (म्यानेजमेन्ट चल्तीको भाषामा कमर्स) पढ्नेहरूमध्ये ९० प्रतिशतले यही र यस्तै प्रश्न सुन्दछन्, जवाफ दिन्छन् । जुन उत्साहले आफूले ल्याएको उच्च अङ्क सुनाउँछन् र भन्छन् ‘फस्ट डिभिजन’ । त्यसमा प्रश्न सोध्नेहरूको अर्काे प्रश्नले स्तब्ध हुन्छन्, ‘साइन्स पढेनौं ?’ मानौं कि उनीहरूले साइन्स पढ्ने निर्णय नगरेर वा गर्न नसकेर कुनै महान पाप गरेका छन् । वास्तवमै उनीहरूको उत्साह त्यहीबाट सेलाउन सुरु हुन्छ । साइकोलोजिकल इफेक्ट इज इर्पोटेन्ट फर पर्फम तर सुरुमै नेगेटिभ इफेक्ट भरिन्छ । कमर्स पढ्छ, साइन्स सम्झिन्छ । साइन्स पढ्दैन, कमर्स सम्झिन । उनीहरूले ‘म्यानेजमेन्ट स्टडी’ गरिरहेको भए पनि ‘स्टडी’को ‘म्यानेजमेन्ट’ मिलिरहेको हुँदैन । त्यतिकै बरालिन्छन्, त्यतै हराउँछन् । र उनीहरूको लागि भइदिन्छ, एजुकेशन इज मिनिङलेस । र यही कारण म भन्छु, आइ हेट म्यानेजमेन्ट विकज आइएम नट स्टूडेन्ट अफ साइन्स । र समाजले यही भन्छ, राम्रो पढ्नेले साइन्स पढ्छन् । राम्रो नपढ्नेले कमर्स पढछन् । रै’छ, समाजले भने अनुसार वा सोचेअनुसार नगर्दा वा समाज अनुकुलको नभइ दिँदा वा राम्रो नम्बर ल्याएर कमर्स पढदा, उफ् ! के भनुँ, यो एउटा सामाजिक अपमान
हो । अस्वीकार्य तर स्वीकार्दै आइरहेको अपमान ।
म साइन्सको विरोधी हुँदै होइन । ‘रिअल्ली, आइलाइक साइन्स ।’ म जान्दछु, विज्ञानका सानातिना कुरा । म जान्दछु, अल्बर्ट आइन्सटाइनको ‘इ बराबार एमसी स्क्वाएर’ । म जान्दछु, ‘ग्राभिटीको डेफिनेशन ।’ म बुझ्दछु, फिजिक्सको डेरिभेसन । पत्रिका पढ्दा पहिलो नजर त मेरो पनि साइन्ससँगै सम्बन्धित समाचारमा जान्छ । वायोग्राफी वा अटोवायोग्राफी पढ्दा आँखा लामो कपाल पालेको आइन्सटाइनको ‘कपाल किन लामो भयो ? भनेर खोज्नमा नै जान्छ । फेरि भनें, ‘रिअल्ली, आइलाइक साइन्स ।’ तर मेरो पढाइमा रुचि थोरै फरक प¥यो, कमर्स पढें । पछि पछि कमर्स भन्न अलिअलि ‘सरम’ लाग्न थाल्यो, मै पनि ‘म्यानेजमेन्ट’ भन्न थालें । आफैमा केही ‘म्यानेजमेन्ट’हुन सकेन, गर्न सकिएन । अहिले बीबीएस भन्छु, अलि ठूलो बनाउन । मलाई लाग्छ, लगभग साइन्स पढ्नुपर्ने तर भूलवश कमर्स पढिएकाहरू यही भन्छन्, यही बोल्छन् । कहिले काहीं धिक्कार पनि लाग्छ, जुन विषय पढ्छु भनेर गर्व गर्ने दिन कहिल्यै आएन । धैत, गल्ती गरिएछ कि के हो ?
वर्तमानको कुरा, मसँग रहेका साथीमध्ये केहीले मात्रै एजुकेशन पढ्छन् । खै त मलाई कहिल्यै भन्न आएन, किन एजुकेशन पढेको ? लाग्दछ, जे गरें राम्रै गरें । जेमा रुचि थियो त्यही पढें । त्यहीमा राम्रो गर्लान् । वित्थामा अरुले किन यो पढे वा पढेनन् भनेर टाउको दुखाउनु ? ‘कमर्स पढ्नेको पनि टाउको दुख्छ र ?’ लाग्ला तपाईंलाई । हो दुख्छ, म्यानेजमेन्ट पढ्नेको पनि टाउको दुख्छ । साइन्स आफैमा विशाल छ, एकदम भिमकाय । साइन्समा आफैमा सत्यता छ, आफैमा तथ्यता छ । साइन्स आफैमा क्षमतावान् छ । साइन्सले चमत्कार गरेको छ । साइन्सले संसार हाकेको छ । साइन्सले के गरेको छैन ? सब गरेको छ । मात्रै एउटा के गरेको छैन भनूँ भने, वास्तवमा साइन्सले होइन’ कि साइन्स पढ्नेले म्यानेजमेन्ट वा आर्टस् वा एजुकेशन वा साइन्स भन्दा कमजोर भनिएका विषय पढ्ने र रोज्नेलाई विद्यार्थी भन्दैनन् । सायद उनीहरू सोच्छन्, म्यानेजमेन्ट पढ्ने विद्यार्थी पनि विद्यार्थी हुन् र ? हुन्, म्यानेजमेन्ट पढ्ने पनि विद्यार्थी हुन् । र थप कुन अर्थमा विशिष्ट विद्यार्थी हुन् भने यिनीहरू आफूले पढ्न चाहेका विषयहरू पढेका हुन्, कम्पलेटली इन्डिपेन्डेन्ट । न कि एसएलसीको नम्बरले उनीहको रुचि र इच्छा, चाहनाको क्षेत्र परिवर्तन गरेका होस् । ‘आइ लभ म्यानेजमेन्ट, आइ एम अलवाइज विथ म्यानेजमेन्ट ।’ किन भनूँ, वास्तवमा मलाई आफूले जे चाहयो त्यो गर्नु नै महान लाग्छ र म जस्ता सबैलाई त्यही लाग्छ । म जस्ता सबैलाई त्यस्तै लाग्छ होला सायद । म्यानेजमेन्ट ‘डस्वीन’ भएको हो, एजुकेशनको वा डस्वीन भएको एजुकेशन सिस्टमको । ‘डिभिजन इज नट सफिसेन्ट टु इभालुट क्यापासिटी अफ पर्सन ।’ भएको भए त, संसारका सफल व्यक्तिहरू कलेज ड्रपर छन्, जस्तो कि एप्पलका स्टीभ जब्स, माइक्रोसफ्टका विल गेट्स वा ओबामा । हरिवंश आचार्यको एसएलसी थर्ड डिभिजन थियो त के भो, उनले साइन्स पढेनन्, जीवनमा सधैं फस्र्ट भए । ‘हु क्यानविनअग्नेस्ट हिम ?’ कोही छैन । अहँ कोही पनि छैन । विशिष्ट श्रेणी ल्याएर दाउद इब्राहिम वा विन लादेन वा किमजोङ वा ती भन्दा पनि कुकर्म गर्ने व्यक्ति हुनुको के अर्थ र ?
जे पढिएको होस्, जसरी वा जुन अवस्था र हालतमा पढिएको होस्, त्यसैमा हुनुपर्छ सन्तुष्टी । जेमा छ आफ्नो रुची त्यसैमा देख्नुपर्छ भविष्य । अनि म्यानेजमेन्टको कुरा, यो म्यानेजमेन्ट सधैं काम नलाग्नेले पढे के यो म्यानेजमेन्ट पनि काम लाग्ला त ? अनि कसले गर्ला म्यानेजमेन्ट ? मलाई त लाग्छ, होइन, ‘म्यानेजमेन्ट इज नट अ डस्वीन फर एजुकेशन ।’ यो त छनौटको बाटो हो, छनौटको पाटो हो । यो त रुचिको तरिका हो, यो चाहनाको प्रतिविम्ब हो । अन्तिममा जसले म्यानेजमेन्ट रोजे वा रोज्छन्, भन्दछु, ‘किप इट अप, टु वी कन्टिन्युलाइक एज मी ।’

प्रकाशित मितिः   १५ चैत्र २०७२, सोमबार ०४:०७