सुर्खेत कारागारबाट सात जना कैदी रिहा
सुर्खेत : कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्न सुर्खेतमा सात जना कैदी रिहा भएका छन । सुर्खेत कारागारमा कैद सजाए भोगिरहेका उनीहरु रिहा भएका हुन ।
एक वर्षभन्दा कम कैद भुक्तान गर्न बाँकी भएका कैदीलाई जरिवाना तिराएर छोड्न अदालतले आदेश दिएपछि कैदी छुटेका हुन् । सुर्खेत कारागारका जेलर लक्ष्मी खरेलले लकडाउनपछि हालसम्म अदालती प्रक्रिया पु¥याएर सात जना कैदीबन्दीलाई रिहा गरिएको जानकारी दिइन् । सुर्खेत कारागारमा ५० जना कैदीबन्दीको क्षमता भएपनि अझै दुई सय ६१ कैदीबन्दी छन् ।
कोरोनाको संक्रमण हुन नदिन अहिले कारागारमा बाहिरका व्यक्तिहरुलाई भेटघाटमा रोक लगाइएको छ । जेलर खरेलले कैदीबन्दीका आफन्त तथा बाह्य व्यक्तिहरुलाई भेटघाटमा रोक लगाइएको बताइन् । उनले हप्तामा एक पटक स्वास्थ्यकर्मीको टोली ल्याएर कैदीबन्दीको स्वास्थ्य जाँच गरिने पनि जानकारी दिइन् ।
प्रकाशित मितिः २४ चैत्र २०७६, सोमबार १७:४४
साझा बिसौनी ।