दैनिक उपभोग्य वस्तु उपभोक्ताकै घरदैलोमा

सुर्खेत : सुर्खेत उद्योग वाणिज्य संघले लकडाउनको असहजतालाई मध्यनजर गर्दै वीरेन्द्रनगर नगरपालिकामा रहेका उपभोक्तालाई घरदैलोमै उपभोग्य सामग्री उपलब्ध गराउने भएको छ । संघले व्यापारीहरुसँग समन्वय गरेर आइतबारदेखि ‘होम डेलिभरी’को सुविधा ल्याएको हो । दैनिक उपभोग्य वस्तु, चामल, दाल, नुन, तेल, साबुनलगायतका सामग्री घरमै पु¥याउन थालिएको छ ।

संघका अध्यक्ष धनबहादुर रावतले लकडाउनका समयमा घरबाहिर निस्कन समस्या हुने भएकाले व्यापारीहरुसँग समन्वय गरेर उपभोक्ताको घरदैलोमै सामान पु¥याउने काम सुरु गरिएको जानकारी दिए । उनकाअनुसार यो सुविधा लिने उपभोक्ताले कम्तिमा पनि एक हप्तासम्मका लागि पुग्नेगरी सामान अडर गर्नुपर्ने हुन्छ । डेलिभरी सेवा बिहान ८ बजेदेखि साँझसम्म नगरपालिकाका सबै वडामा उपलब्ध गराइने अध्यक्ष रावतले बताए । अतिआवश्यक दैनिक उपभोग्य वस्तु चाहिएमा ९८४८२१५००० नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मितिः   २३ चैत्र २०७६, आईतवार १५:१९