बादी बस्तीमा खाद्यन्न सहयोग

सुर्खेत : मध्यपश्चिमाञ्चल ट्रक तथा ट्रयाक्टर व्यवसायींघ सुर्खेत र डिजि कन्स्ट्रक्सन सुर्खेतले संयुक्त रुपमा बादी समुदायलाई खाद्यन्न सहयोग गरेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेसँगै वीरेन्द्रनगर नगरपालिका वडा न ११ भ्रुपामा रहेको बादी बस्तीमा खाद्यन्न अभाव भएपछि सहयोग गरिएको हो । डिजि कन्स्ट्रक्सनका सञ्चालक केदार शर्माले एक हजार दुइ सय ७५ केजी चामल, नुन र दाल ५०/५० केजि सहयोग गरिएको जानकारी दिए । उनले वीरेन्द्रनगर नगरपालिकालाई खाद्य समाग्री हस्तारन्तरण गरिएको बताए ।