नेपालमा कोरोना संक्रमित नौ पुगे

काठमाडौँ : नेपालमा कोरोना भाइरस(कोभिड १९) संक्रमितको संख्या नौ पुगेको छ ।  थप तीनजना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीनैजना धनगढीका हुन् ।

संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयले जनाएको छ ।  यी महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त भएको पनि मन्त्रालयले जनाएको छ। योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ। अरु सबै विभेदबाट आएकामा देखिएको थियो ।

यसअघि नेपालमा ६ जनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये एकजना उपचारपछि निको भइसकेका छन् भने अन्यको उपचार भइरहेको छ। ती सबै विदेश यात्राबाट हालै फर्किएका हुन्।

प्रकाशित मितिः   २२ चैत्र २०७६, शनिबार १३:५५