आजदेखि सुर्खेतमै कोरोना परीक्षण, थ्रोट स्वाब संकलन हुँदै

पहिलो दिन आज आठ जनाको परीक्षण गरिने

सुर्खेत : कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि सुर्खेतमा थ्रोट स्वाब सङ्कलन सुरु गरिएको छ । कर्णाली प्रदेश अस्पतालमा बिहीवारदेखि स्वाब सङ्कलन सुरु गरिएको हो ।

आज सङ्कलन भएकामध्ये आठवटा थ्रोट स्वाबको परीक्षण गरीने कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयकी प्रमुख रीता भण्डारीले जानकारी दिईन् । उनका अनुसार आज नमुना संकलनको काम सुरु भएको छ। ‘सङ्कलन भएकाबाट आठवटा जतिको परिक्षण आजै गर्ने तयारी गरेका छौँ' उनले भनिन्, ‘अबदेखि कर्णालीमा नै कोरोना परीक्षण हुन्छ। ʼ

कोरोना परीक्षण गर्ने पीसीआर मेसिन बुधवार मात्र सुर्खेत ल्याइएको थियो । अब सोही मेसिनमार्फत कर्णाली प्रदेश अस्पतालमा नै कोरोना परीक्षण हुनेछ ।

हालसम्म कर्णाली प्रदेशबाट ३१ वटा नमूना परीक्षण गरिसकिएको छ । जसमध्ये २८ जनामा कोरोना सङ्क्रमण देखिएको छैन भने तीन जनाको रिपोर्ट आउन बाँकी छ । अहिलेसम्म सबै स्वाब काठमाडौ पठाएर परीक्षण गरिएको थियो । आजदेखि भने काठमाडौँ पठाउनुपर्ने छैन ।

 

प्रकाशित मितिः   २० चैत्र २०७६, बिहीबार ११:५३