विपन्नलाई राहत दिन तथ्याङ्क संकलन हुँदै

सुर्खेत : सुर्खेतका स्थानीय सरकारले दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने र विपन्न परिवारको तथ्याङ्क संकलन गर्न थालेका छन् । कोरोना भाइरस (कोभिड–१९ ) को जोखिमबाट बच्नका लगि सरकाले लकडाउन गरेपछि अहिले दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका परिवार समस्या छन् ।

स्थानीय सरकारले उनीहरुको तथ्याङ्क संकलन गरेर खाद्यन्न उपलब्ध गराउने बताएका छन् । अबको एक÷दुइ दिनमा सबै परिवारको तथ्याङ्क संकलन गरेर खाद्यन्न वितरण गरिने जनाइएको छ ।

बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले सबै वडामा विपन्न तथा दैनिक मजदुरी गरेर खाने परिवारको तथ्याङ्क संकल गर्ने काम भइरहेको जानकारी दिए ।
वीरेन्द्रनगर नगरपालिकाका केही टोलमा व्यापारी तथा संस्थाले विपन्न परिवारलाई खाद्यन्न वितरण गरेका थिए । लकडाउनको समय लम्बिएपछि अहिले दैनिक मजदुरी गरेर खाने परिवार समस्या छन् । त्यसैले उनीहरुलाई राहत स्वरुप दैनिक उपभोग्य वस्तु प्रदान गर्ने तयारी स्थानीय सरकारले गरेका हुन् ।

प्रकाशित मितिः   १९ चैत्र २०७६, बुधबार १४:४३