कर्णालीका २८ जनामा कोरोना परीक्षण

१७ जनाको ‘नेगेटिभ’, ११ जनाको रिपोर्ट आउन बाँकी, थप तीन जनाको पठाइँदै

सुर्खेत : कर्णाली प्रदेशबाट हालसम्म कोरोना भाइरसको संक्रमणको आशंका गरिएका २८ जनाको नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ । तीमध्ये १७ जनाको रिपोर्ट आइसकेको छ भने ११ जनाको आउन बाँकी छ । रिपोर्ट आएका १७ जनामा कोरोनाको कुनै संक्रमण भने देखिएको छैन ।

प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार हुम्लाबाट दुई जना, डोल्पाबाट तीन, सुर्खेतबाट १० जना, कालीकोटबाट एक जना, जुम्लाबाट तीन जना, रुकुमपश्चिमबाट चार जना, दैलेखबाट दुई जना, सल्यानबाट तीन जनाको नुमना परीक्षण पठाइसकिएको हो ।

यसैबीच तीन जनाको नमुना परीक्षणका लागि आज(बुधवार) पठाइँदै छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले सुर्खेतको एक जना र डोल्पाको दुई जनाको नमुना परीक्षणका लागि आज पठाउन लागिएको जानकारी दिईन् ।

प्रकाशित मितिः   १९ चैत्र २०७६, बुधबार १०:०७