लुकाइ राखेको राइफल बरामद

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ भदौ ।
ओढारमा लुकाएर राखिएको अवस्थामा प्रहरीले जुम्लाबाट एक थान एसएलआर राइफल बरामद गरेको छ । सनीगाउँ गाविस–४ मा रहेको जलजलाको ओढारमा लुकाइछिपाइ राखेको अवस्थामा शनिवार बिहान राइफल बरामद गरिएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सुराकीले दिएको सूचनाको आधारमा सर्च गर्दा एसएलआर राइफल, त्यसको २५ राउण्ड गोली, एक थान म्याग्जेन र चालु पूर्जा बरामद गरिएको क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्त डीएसपी दिवाकर सिंहले जानकारी दिए । ओढारमा हरियो प्लास्टिकले बेरेर राखिएको अवस्थामा एसएलआर राइफल फेला परेको उनले बताए । सोही क्रममा एसएलआरको एक थान म्याग्जेन, २५ राउण्ड गोली र चालु पूर्जा भने ढापा गाविस–६ धोदिङ्गमा फेला परेको प्रहरीले जनाएको छ । तीनदिन अघि जुम्लामै एसएमजी हतियारसहित पाँच जना लुटेरालाई प्ररहीले प्रक्राउ गरेको थियो । जनताको जिउधनको सुरक्षा गर्न र शान्ति वाहालीको लागि प्रहरी दिनरात खटिरहेको मध्यपश्चिमका प्रहरी प्रमुख डीआइजी माधव नेपालले बताए । उनले मध्यपश्चिमा क्षेत्रमा अपराध, लागू औषध नियन्त्रण गर्नको लागि प्रहरीले विशेष योजना नै बनाएर अघि बढिरहेको समेत जानकारी दिए । प्रहरीको सक्रियताकै कारण पछिल्लो समय क्षेत्रमा आपराधिक गतिविधिमा, सवारी दुर्घटना लगायतका क्षेत्रमा कमी आएको डीआइजी नेपालले उल्लेख गरे ।

प्रकाशित मितिः   २० भाद्र २०७३, सोमबार १०:१९