चैत २५ गतेसम्म थपियो लकडाउन

काठमाडौं : सरकारले चैत २५ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समयावधि थप्ने निर्णय गरेको हो ।

आइतबार बसेको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन कम्तीमा एकसाता लम्ब्याउन सिफारिस गरेको थियो । सोही सफारिसत अनुसार मन्त्रिपरिषद् बैठकले लकडाउनको समयावधि बढाएर चैत २५ गतेसम्म पुर्याएको हो ।

यसअघि चैत १० गते बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले गत ११ गते बिहानदेखि १८ गतेसम्म साताव्यापी लकडाउनको घोषणा गरेको थियो ।

२५ गते राति १२ बजेसम्म लकडाउन कायमै राख्ने निर्णय भएको अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।