चन्दननाथ नगरपालिकाले खलंगामा औषधि छर्किदै

जुम्ला : चन्दननाथ नगरपालिकाले खलंगा बजार क्षेत्रमा क्लोरिन घोल छर्कन थालेको छ । कोरोना भाइरस संक्रमण फैलन नदिन क्लोरिन घोल छर्किन थालिएको नगर स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले जानकारी दिए ।

नगरपालिकाको वडा नम्बर एक, चार र पाँच अन्तर्गत पर्ने बजार क्षेत्रमा उक्त घोल छरिएको उनले जनाए । नगरपालिका र ३ वटै वडाले संयुक्त रुपमा क्लोरिन घोल छर्कीएर बजारमा कोरोना संक्रमण रोक्ने प्रयास गरेका हुन् ।

यसैबीच जुम्लाको पातारासि गाउँपालिकाले क्वारेन्टाईनमा बसेकाहरुलाई घर पठाइने भएको छ ।  समाजशास्त्री डोरबहादुर विष्टले निर्माण गरको कर्णाली इन्स्टिच्युटमा राखिएका ९ जनालाई चैत १८ गते क्वारेन्टाइनबाट घर पठाउने तयारी भएको गाउँपलिकाको स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बुढ्थापाले बताएका छन् ।