वाइसीएलको सम्मेलन स¥यो

सुर्खेत, १४ चैत । (साबिस)
एकीकृत नेकपा (माओवादी) निकट योङ कम्युनिष्ट लिग (वाइसीएल) सुर्खेतको जिल्ला सम्मेलनको मिति सरेको छ । यही चैत १५ र १६ गते हुने भनिएको जिल्ला सम्मेलन २०७३ साल वैशाख १९ र २० गते हुने भएको छ । आइतवार बसेको वाइसीएल सुर्खेतको बैठकले सम्मेलन एक महिना पछि सार्ने निर्णय गरेको हो ।
सम्मेलनको तयारी नपुगेका कारण सम्मेलन एक महिनापछि सारिएको जिल्ला सम्मेलन आयोजक समितिका संयोजक अम्मरबहादुर चन्दले जानकारी दिए । जिल्ला सम्मेलनको तयारीमा लागेको वाइसीएलले वडा, गाविस र नगरपालिकाहरूमा सम्मेलन गरिसकेको छ । केही वडा तथा गाविस सम्मेलनहरू बाँकी रहेको र सोमवारदेखि सम्मेलन तीव्ररूपमा सञ्चालन गर्ने वाइसीएलले जनाएको छ । वाइसीएलले जिल्ला सम्मेलनका लागि जिल्लाका तीन वटै नगरपालिकामा सम्मेलन सम्पन्न गरिसकेको छ ।
प्रकाशित मितिः   १५ चैत्र २०७२, सोमबार ०४:१३