आज हरितालिका तीज
साझा बिसौनी संवाददाता
सुर्खेत, १८ भदौ ।
आज (आइतवार) नेपाली हिन्दु नारीहरू परम्परागत हरितालिका तीज पर्व मनाउँदैछन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर ब्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाइदैं आएको मानिन्छ ।
यस सांस्कृतिक पर्वमा पानी समेत नखाइ विवाहित महिलाहरू शिवको पूजा र आराधना गर्दै आफ्नो पतिको दीर्घायू, सु–स्वास्थ्यको कामना गरी ब्रत बस्दछन् भने अविवाहित महिलाहरू सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ बस्ने
गर्दछन् । यस अवसरमा मलिाहरू विभिन्न तीर्थस्थल, मन्दिर तथा देवालयमा गइ शिव, पार्वतीको पूजा उपासना गरेर तीज सम्बन्धी गीत, भजन र चुट्का गाएर यो पर्व मनाउने परम्परा सनातन हिन्दु सस्ंकृतिमा रही आएको छ ।
यस उपलक्ष्यमा गाइने संगीनी गीत भजन र चुट्का गाएर यो पर्व मनाउने परम्परा सनातन हिन्दु संस्कृतिमा रही आएको छ । यस उपलक्ष्यमा गाइने संगीनी गीत नेपाली लोकसंस्कृतिमा अत्याधिक लोकप्रिय छ । यस दिन जल समेत नखाइ ब्रत बस्नुपर्ने हुनाले अघिल्लो दिन विभिन्न परिकार तथा मिष्ठान्नहरू तयार गरी ब्रतालुहरूले दर खाने प्रचलन छ । आजको दिन बिहानैदेखि महिलाहरू सौभाग्य सूचक धागो, पोते, टिका, गरगहना र रङ्गीचङ्गी कपडा पहिरिएर नाचगान गर्दछन् ।
साझा बिसौनी संवाददाता ।