विपद् व्यवस्थापन कोषमा रकम जुट्दै
कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण कार्यका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग जुट्दै गएको छ ।
प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरि आज सिद्धार्थ बैंकको तर्फबाट बैंकका प्रदेश कार्यालय प्रमुख रञ्जन कोईरालाले १० लाखको चेक हस्तान्तरण गरेका छन् । यस्तै दैलेखको नौमुले गाउँपालिका-३, द्वारी दैलेख निवासी पदमबहादुर बिश्वकर्माले व्यक्तिगत रुपमा ५१ हजार रुपैयाँको चेक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए ।
विश्वव्यापी रुपमा मानव जातिका विरुद्ध आईपरेको कोरोना संकट अन्त्य गर्न निजी क्षेत्रबाट भएको योगदानप्रति खुशी व्यक्त गर्दै मुख्यमन्त्री शाहीले सहयोगका लागि सबैलाई अपिल गरेका छन् ।
प्रकाशित मितिः १५ चैत्र २०७६, शनिबार १५:५५
साझा बिसौनी ।