भेरीगंगामा दुइ दर्जन बेडको क्वारेन्टाइन

सुर्खेत : भेरीगंगा नगरपालिकामा क्वारेन्टाइन स्थापना गरिएको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न नगरपालिकाले क्वारेन्टाइन स्थापना गरेको हो ।

करिब दुई दर्जन व्यक्तिहरुलाई व्यवस्थापन हुन सक्ने गरी शारदा माध्यमिक विद्यालय छिन्चुमा क्वारेन्टाइन निर्माण गरिएकाे नगरपालिकाका उप-प्रमुख रेण आचार्यले जानकारी दिइन् । उनले अहिले कसैलाई क्वारेन्टाइनमा नराखिएपनि आवश्यक पर्दा प्रयोग गर्नेगरी तयारी अवस्थामा राखिएको जनाइन् । उनका अनुसार अहिले दुइ दर्जन बेडको क्वारेन्टाइन बनाइएपनि आवश्यकता अनुसार थपेर एक सय बेड पुर्याइने जानकारी दिइन् ।

साथै उनले कोरोना सङक्रमण फैलिन नदिन नागिरकको भूमिका अझ महत्वपूर्ण हुने समेत बताइन् । ‘यस जाेखिमपुर्ण समयमा स्थानीय सरकारकाे स्राेत, साधन र सामर्थ्यले भ्याएसम्म भेरीगंगा नगरपालिकाले सतकर्ता अपनाइरहेको छ’ उप-प्रमुख आचार्यले भनिनन्, ‘नागरिकलाई निराश हुन दिनेछैनाैं , तर यस जाेखिमपुर्ण समयमा सरकारले मात्र सबै काम गर्न सक्दैन । त्यसभन्दा बढी जिम्मेवारी हामी सबै नागरिककाे रहेकाे छ ।’

प्रकाशित मितिः   १५ चैत्र २०७६, शनिबार १६:०४