पीपीई तयार गर्न एक लाख सहयोग

सुर्खेत : व्यक्तिगत सुरक्षा समाग्री (पीपीई) तयार गर्नका लागि रोजगारीको शिलशिलामा कोरियामा रहेका नेपालीहरुले एक लाख सहयोग गरेका छन् ।
कोरोना संक्रमण परिक्षण गर्ने क्रममा स्वास्थकर्मीलाई आवश्यक पर्ने पीपीई उपलब्ध गराउन प्रदेश अस्पतालका चिकित्सक डाक्टर नवराज केसीको समन्वयमा सुर्खेतमै बनाइदैछ । कोरियामा रहेका कर्णालीका युवाहरुले पीपीई बनाउन सहयोग गरेका हुन् ।

सुर्खेत समाज दक्षिण कोरियाले आवश्यक परे अरु रकम पनि सहयोग गरिने जनाएको छ । आवश्यक परे प्रदेश अस्पतालाई कोरोना परीक्षण गर्ने किट पठाइने समाजका पूर्व अध्यक्ष विकास मल्लले जानकारी दिए ।