थप १६ जना क्वारेन्टाइनमा
सुर्खेत : सुर्खेतमा थप १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भारतबाट आएका व्यक्तिहरु आफै सम्पर्कमा आएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।
प्रहरी निरिक्षक गोपाल रायमार्झीले भारतबाट आए १२ जना पुरुष, दुइ जना महिला र दुइ जना बालबालिकालाई राखिएको जानकारी दिए ।
यस्तै भेरीगंगा नगरपालिका वडा नं ४ को दमार गाउँमा चार जना, पञ्चपरी नगरपालिकाको वडा नं ६ मा एक जना, बराहताल गाउँपालिका ५ मा एक जना, वीरेन्द्रनगर १२ नेवारेमा एक जना गरी सात जनालाई होम क्वारेन्टाईनमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मितिः १४ चैत्र २०७६, शुक्रबार १९:२४
साझा बिसौनी ।