लकडाउन उल्लघंन गर्ने ३१ सवारी साधन नियन्त्रणमा
सुर्खेत : सुर्खेत प्रहरीले लकडाउन उल्लघंन गर्ने ३१ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीवार जिल्लाका सबै ठाउँबाट ३१ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनका लागि नागरिकलाई अनुरोध गरेको छ । तर अटेर गरेर सवारी चलाउनेलाई नियन्त्रणमा लिइएको हो ।
प्रकाशित मितिः १४ चैत्र २०७६, शुक्रबार १९:२०
साझा बिसौनी ।