ब्लग

होस् गर्‍या है मान्ठौ

अचुल मुलुक ‘लकडाउन’ भया छ । भुन्न खोज्या मान्ठ सक्यासुम्म घरभित्तै बइन्या, अरुकन नभेट्न्या हो । आफूमात्तै हैन, आम्मा छाछोरी, घरा झान, नातागोता सबैन यइथै अत्तो दिन्या हो ।

अझ बेलाबेला साबुनपानीले हात धुन्या, भयापछि स्यानिटाइजर पुनि लाउन्या, मत्थै मान्ठ भया ठाउँ मुखौंदो पट्टी(मास्क) लाउन बिर्सिनु हुन्न । कोरोना भाइरस बढी मान्ठ न लाग्न्या जो देखिया दै सरकारले गर्‍या यो काम माइम्मरी जरुरी छियो । त्यइबिअ जोक्कोइले राम्मो मान्या छुन ।

सिधासाधा मान्ठले पुनि जान्या कुडा क्या हो, भुन्या जिना पाका मान्ठ, पहिलेदै केई रोग भया, नान्नाना टटकीका शरीरौंदो शक्ति कम हुँदो छ । कोरोनाले पुनि यइथै समस्याले घेर्‍याकन दाउ हेर्‍या हुन्छ भुन्नाछुन डाक्टरहरु । तुन्नेडीले भाइरसकन झित्यापुनि अरु कमैले झित्ताछुन । त्यइभइकन जिनापाका, रोगी र टटकी भाइरस लागिजाला भुनी मथ्थै चुनाखो हुनु पड्डो छ । तिनीहरुकन थोक्कै अरु सुमस्याबाट पुनि बाँच्नु पड्न्या हुन्छ । यो भुन्या घर भित्तै बस्न्या,भाइर ननिस्कन्या भुन्न खोज्या हो। सबैले मान्नु पढ्छ । अहिले हामीले सरकाले ज्या भुन्यो त्यो खुरुखुरु मान्नु बाहेक अक्को बाटो नाई । यै बेला अटेरी गन्नु आफूले खुन्याको आल्डोमा आफै जाकिनु जस्तै हो । दे भुन्या मान्नाछौ भुन्या बिचार गरिल्या ।

कोरोनाले सितिमिति छुनैन भुनिकन तुन्नेडीले जता पायो उतै घुम्न सक्ताछुन् भुन्या पुनि हैन । तिनीहरु कन पुनि कोरोना लागेर मरेका कुडा देश विदेशका रैबारमा आयाकै छुन ।अब सब्बैजुन लागिकन कोरोनाबाट जोगिनु पढ्न्या छ । एक्कैको गल्तिले मुलुकै थलिन सक्न्या देखिहाल्यौं । यइबिअ सक्यासुम्म घरभित्तै बस्या । सरकारले आफै मुलुकै ‘लकडाउन’ गर्‍यापछि जागि¥या, कामगरि खान्या, स्कुल्या टटकी, मास्टर सब्बै मान्ठ न घरै बसिबसि उकुस–मुकुस पुनि भया होला । तर नापा धिर गन्नु पुनि पड्यो । धिर गर्‍या खिर खान पाइन्छ भुन्नाछुन त पुराना मान्ठ । यदि तुमि घर सप्पारी बस्यानौ,छोडुवा भयौ भुन्या अस्पताल बस्नु पडला । सोचि सम्झि हाल्या ।

तुमिहामी नेपाली जति सब्बै चुनाखो नभया ठुलै नोक्सान हुन्या जो छ । नानो गल्तिले ठुलो घाटा हुन्छ । तेइबिअ तुमि,तुम्माझान सबैको शरीरहेरविचार आफै गन्नु बाहेक अक्को जुक्ति नाई । भख्खर हाम्मो छिमेकी मुलुक भारतमा माइम्मरी बढिराख्या संक्रमणले हामी न चुनाखो बन्न सुन्देश दिया छ। यति गद्दागद्दै तुमिकन काई कोरोना लागिग्या पुनि उपचार गद्दिन्या त सरकारले भुनेकै छ । तर रोग लागीसक्या उपचार गन्नु भुन्दा रोग आउनै नदिनु कयौं गुना बेस हुन्छ ।

गाउँ घरौनो नपढ्या माण्ठ पुनि मइथै छुन । तिनुन हात धुन्यादेखि मुखौंदो सफा पट्टी लाउन्या र ‘लकडाउन’ भुन्या सिकाउन पुनि जरुरी छ । सब्बैले सरकारको भुन्या मान्या पछि कोरोनान डाँडा कटाउन सकिजान्छ । चीनले समयमै होस गर्‍यो र अहिले ताँ मइथै पठारो भैगो । होस् नगन्या जति देशमा माइम्मरी अप्ठेरो भयाछ । हमी पुनि सुरुदेखि लाग्यौ भुन्या अप्ठेरो हुन्यानाई ।

कोरोनाबाट जोगिन स्थानीय सरकारले गर्‍या तयारी चित्तै नबुझ्न्या छ,भुन्या जन्ताको गुनेसो पुनि छ । भुन्नै नछुटाउन्या कुडा क्याहो भुन्या सबै जनप्रतिनिधि यइबेला नुन खाया कुकुडा जुन झोक्राइकन हुनैन। आम्मा जन्ताको जिउ जोगाउन कसिनु पड्न्या छ ।

कोरोना लागे पुनि मद्दैनु भुनिकन ‘लकडाउन’ नमान्याकन मात्तै हइन अरुन पुनि सिध्याउन सक्छ, भाइरसले । त्यइबिअ सरकारले घोषणा गर्‍या ‘लकडाउन’ कुनैपुनी मूल्य चुकाएर पुरा गन्नु पड्यो । सब्बैले घरैभत्ति बस्नु पड्यो । तब मात्तै कोरोनाबाट बच्न सक्न्या छौं । होस् गर्‍या है मान्ठौ ।

(यो खस भाषाको लेख हो । विशेषगरी जुम्लामा बोलिने भाषामा उतार्ने प्रयास गरिएको हो ।)

प्रकाशित मितिः   १४ चैत्र २०७६, शुक्रबार १४:४३