भारतबाट आएका चार जना क्वारेन्टाइनमा

उदयराज अधिकारी/दैलेख : कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमबाट बचाउन दैलेखको दुल्लु नगरपालिकाले चार जनालाई क्वारेन्टाइनमा राखेको छ ।

चैत १० गते भारतको मुम्बईबाट दैलेख आएका उनीहरुलाई नगरपालिका १ र २ को सिमानामा रहेको भानेश्वर माध्यमिक विद्यालयमा निमार्ण गरिएका क्वारेन्टाईनमा राखिएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन्।

नगरपालिकाले भारत लगाएत अन्य मुलुक बाट आउने मानिसलाई १५ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरे अनुसार उनीहरुलाई राखिएको हो ।

 नगरपालिका प्रवेश गर्ने जोकोहीले पनि १५ दिन क्वारेन्टाईनमा बस्नु पर्ने नगरप्रमुख भण्डारीले बताए ।

प्रकाशित मितिः   १३ चैत्र २०७६, बिहीबार २१:०७