नेपालमा कोरोना संक्रमितको सङ्ख्या तीन पुग्यो

काठमाडौँ — नेपालमा कोभिड-१९ (कोरोना भाइरस) संक्रमितको सङ्ख्या तीन पुगेको छ ।

यसअघि दुई जनामा संक्रमण देखिएको थियो भने बुधवार थप एक जनामा भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।

केही समयअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। उनी अहिले उपचारपछि निको भइसकेका छन्।

यस्तै कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया अर्की एक युवतीमा संक्रमण देखिएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६ सय ८७ जनाको नमुना परीक्षण गरिएकोमा ६ सय ८४ को रिपोर्ट
भने नेगेटिभ आएको छ।

कोरोनाको जोखिम न्युनिकरण गर्न नेपाल लकडाउन गरिएको छ ।