लकडाउनको दोस्रो दिन कडाई

सुर्खेत : लकडाउनको दोस्रो दिन आज कडाई गरिएको छ । पहिलो दिन मंगलवार नागरिकले अटेर गर्दै अवज्ञा गरेपछि आज भने स्थानीय प्रशासनले कडाईका साथ कार्यान्वयन गर्ने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी डिल्लीराज पन्तले आज सुर्खेतमा कसैलाई पनि अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नदिने गरी कडाई गरिएको जनाए । हिजो धेरै उल्लघंन भएकाले आज कडाई गरिएको उनले बताए ।

प्रहरीले हिजो तीनसय २३ वटा सवारी साधन नियन्त्रणमा लिइएको थियो भने चार जनालाई पक्राउ गरेको थियो ।