भारतबाट फर्किएका ५७ जना क्वारेन्टाइनमा

भारतबाट फर्किएका ५७ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । गत राति भारतबाट आउँदै गर्दा नाकामा अलपत्र परेका नागरिकलाई प्रदेश सरकारले उद्दार गरेर सुर्खेत ल्याएको हो ।

सामाजिक विकास मन्त्री दल रावलले नाकामा अलपत्र परेका कर्णालीका नागरिकलाई राति नै उद्दार गरेर वीरेन्द्रनगरस्थित होटल अशोकामा राखिएको जानकारी दिए । उनीहरुको स्वास्थ्य जाँच गरेर राखिएको हो । मन्त्री रावलले उद्दार गरिएका नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने समेत जनाए ।

यस्तै कञ्चनपुरको गड्डाचौकी नाकामा अलपत्र परेका ३२ जना कर्णालीका नागरिकलाई आजै उद्दार गरेर ल्याउन लागिएको छ ।

प्रकाशित मितिः   १२ चैत्र २०७६, बुधबार ०९:३४