लकडाउनलाई कडाई गर्न चिकित्सकहरुको सुझाव
सुर्खेत : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकहरुले आजदेखि सुरु भएको लकडाउन कडाइका साथ कार्यान्वयन गर्न सुझाव दिएका छन् । उनीहरुले मङ्गलवार सयुक्त प्रेस विज्ञप्तिमार्फत सम्भावित जोखिम कम गर्न लकडाउनलाई कडाइ गर्नुपर्ने बताएका हुन् ।
संक्रमण फैलिइसकेपछि सीमित स्वास्थ्य संरचना र न्युन संख्यामा रहेका स्वास्थ्यकर्मीहरुबाट यसको नियन्त्रण गर्न असम्भव हुने भएकाले पनि अहिले नै सतकर्ता नपनाउनुको विकल्प नभएकोतर्फ चिकित्सकहरुले सतर्क गराएका छन् ।
लकडाउनलाई आम जनताले सहजै नस्वीकारेको र त्यही अनुसार दैनिक जीवनयापनमा ढाल्न नसकेकाले प्रहरी–प्रशासनले यसलाई कडाई गर्नुपर्ने उनीहरुको माग छ ।
लकडाउनले गर्दा मास्क, ग्लोब्स, स्यानिटाइजरजस्ता आवाश्यक सामग्रीहरुको आपूर्ति बन्द भएको र बजारमा भएका सामानहरुको पनि कालोबजारी भइरहेकोतर्फ पनि सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।
साझा बिसौनी ।