लकडाउन उल्लङ्घन गर्ने तीन जना पक्राउ

सुर्खेत : सुर्खेतमा ‘लकडाउन’ उल्लंघन गर्ने तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीलाई अवरोध पु¥याएकाले उनीहरुलाई पक्राउ गरिएको हो ।

लकडाउनका समयमा प्रहरीलाई अवरोध गरेकाले पक्राउ गरिएको डीएसपी रवि रावलले जानकारी दिए । त्यस्तै लकडाउन उल्लंघन गरेर सञ्चालन गरिएका मोटरसाइकल, स्कुटर र ओरिक्सा चालकहरुलाई पनि नियन्त्रणमा लिइएको थियो ।

प्रहरीले दिउँसो तीन बजेसम्म लकडाउन उन्लंघन गरी चलाएका एक सय ६१ वटा मोटरसाइकल, ५५ वटा गाडी र सात वटा अटोरिक्सा नियन्त्रणमा लिएको जनाएको छ । रावलले २१ वटा सवारी साधनलाई कारबाही गरिएको जानकारी दिए ।

सरकारले लकडाउन गरेपनि नागरिकले भने उल्लंघन गरेपछि प्रशासनले कडाइ गरेको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन प्रशासनले नागरिकलाई आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले अनुगमनलाई जोड दिइएको जानकारी दिए । उनले जिल्ला भित्रिने नाकाहरुमा पनि कडाइ गरिएको बताए ।

प्रकाशित मितिः   ११ चैत्र २०७६, मंगलवार १६:४३