‘विमानस्थल बनेपछि मात्र माला लगाउ“छु’

givan shahiहस्त चौलागाँईं
कालिकोट, १७ भदौ ।
निर्माणाधीन सुनथराली विमानस्थलको अनुगमनका लागि कालिकोट पुगेका पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई स्थानीयवासीले सम्मान स्वरूप माला लगाइदिन खोज्दा अस्वीकार गरे । उनले आफ्नै कार्यकालमा सुनथराली विमानस्थल निर्माण गर्ने भन्दै विमानस्थल सञ्चालनमा आइसकेपछि मात्रै स्थानीयवासीको सम्मान ग्रहण गर्ने बताए ।
मन्त्री शाहीले लामो समयदेखि निर्माणाधीन सुनथराली विमानस्थलको शुक्रवार अनुगमन गरेका छन् । शुक्रवार कालिकोट पुगेका मन्त्री शाहीले निर्माणाधीन विमानस्थलको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा मन्त्री शाहीले कालिकोटमा अहिलेसम्म पनि विमानस्थल नबन्नु विडम्बनापूर्ण भएको बताए । उनले राज्यले कर्णालीलाई सधैं उपेक्षा गर्ने गरेको भन्दै उनले आफूले विमानस्थल निर्माणका लागि पहल गर्ने बताए । उनले विमानस्थल निर्माणको आवश्यकताबारे स्थानीयवासीको सुझाव समेत लिएका थिए ।

मन्त्री शाहीले स्थानीयलाई कालिकोट जिल्लामा विमानस्थल आवश्यक हो या होइन भन्ने प्रश्न गर्दा स्थानीयले भने कालीकोटमा पचाल झरना, बडीमालिका, चुलिमालिका र रामारोशन जस्ता पर्यटकीयस्थल पनि कालिकोट जिल्लाको आसपासमा नै रहेकाले घुम्न आउने पर्यटकलाई समस्या भएको बताएका थिए । उनीहरूले स्थानीय बिरामी पर्दा उपचारको अभावले अकालमा ज्यान जाने गरेकाले विमानस्थल अति आवश्यक भएकोमा जोड दिएका थिए । मन्त्री शाहीले आफ्नै कार्यकालमा सुनथराली विमानस्थल सञ्चालनमा ल्याउने प्रतिबद्धतासमेत जनाएका थिए ।

प्रकाशित मितिः   १८ भाद्र २०७३, शनिबार ०९:३५