नयाँ शक्तिको जिल्ला परिषद्

सुर्खेत, १४ चैत । (साबिस)
नयाँ शक्ति नेपालको अन्तरिम जिल्ला परिषद् गठन गरेको छ । आइतवार वीरेन्द्रनगरमा सम्पन्न भेलाले ललित परियारको संयोजकत्वमा परिषद् गठन गरेको हो । १९ जना सचिवालय सदस्य रहेको परिषद् ५७ सदस्यीय रहेको छ ।
सचिवालय सदस्यहरूमा प्रचण्ड पोखरेल, कविता थापा, गीता विष्ट, रेशम राना, अनिता मल्ल, नरेन्द्र कार्की, प्रेम विक, युवराज धमला, दुर्गाप्रसाद शर्मा, मधु कार्की, निमबहादुर परियार, भक्तराज थापा, कल्पना विष्ट, जीतमान पाण्डे, विक्रम विक, खड्क रास्कोटी, ललिता सिंह र कर्ण थापा रहेका छन् । त्यस्तै सदस्यहरूमा शान्त बिसी, रविन्द्र दर्लामी, लोकबहादुर शाही, चन्द्र विक, कुमार रोकाय, मनराज बम, प्रेमबहादुर विष्ट, गणेश सोडारी लगायतका रहेका छन् । त्यसैगरी भेलाले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा संयोजकहरू समेत तोकेको छ । क्षेत्र नं. १ मा रेशम राना, २ मा नरेन्द्र कार्की र ३ कर्णबहादुर थापालाई क्षेत्रीय संयोजकमा चयन गरिएको जिल्ला परिषद् संयोजक ललित परियारले विज्ञप्तीमार्फत् जानकारी दिएका छन् । नयाँ शक्ति नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् छैठौं प्रदेशका संयोजक भक्तबहादुर शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा केन्द्रीय परिषद् सदस्यहरू भीमबहादुर मल्ल र जनक विष्टको समेत उपस्थिति रहेको थियो । 
प्रकाशित मितिः   १५ चैत्र २०७२, सोमबार ०४:१६