फिरफिरेमाथि सुर्खेतमा अन्तरक्रिया

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ चैत । 
चर्चित उपन्यासकार बुद्धिसागरको हालै प्रकाशित उपन्यास ‘फिरफिरे’ माथि सुर्खेतमा अन्तरक्रिया गरिएको छ । वाङ्मय चौतारी नेपालले फाइनप्रिन्टसँगको समन्वयमा आइतवार वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा लेखक र पाठकबीच अन्तरक्रिया गरिएको थियो । फिरफिरे माथि टिप्पणी गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक एवम् साहित्यकार वासुदेव पाण्डेय प्रभाकरले ‘फिरफिरे’ नेपाली साहित्यको अर्को एउटा उपलब्धि कृति भएको बताए । बुद्धिसागरले आफ्नो पहिलो उपन्यास ‘कर्नाली ब्लुज’बाट स्थापित गरेको भाषा र शैलीकै निरन्तरता रहेको फिरफिरे आञ्चलिक उपन्यास भएको टिप्पणी गरे । 
लेखक बुद्धिसागरले पाठकहरूबाट आएको प्रतिक्रियाले आफूलाई थप हौसला प्रदान गरेको बताए । उनले झट्ट सुन्दा सामान्य लाग्ने गहन विषयलाई उपन्यासमा आफूले उठाएको भन्दै उनले यो उपन्यास सामाजिक दायित्वबोधले लेखिएको बताए । कार्यक्रममा सहभागी पाठकहरूले फिरफिरेले आफूहरूलाई बाल्यकालको स्मृतिमा पु¥याएको, सरल भाषा र शैलीका कारण पुस्तक पठनीय बनेको लगायतका प्रतिक्रिया दिएका थिए । 
सुर्खेत क्याम्पस शिक्षाका पूर्व क्याम्पस प्रमुख महेन्द्र गिरीले पछिल्लो समय उपन्यास लेखन र पठन संस्कारको विकास भइरहेको भन्दै बुद्धिसागरको भूमिका पनि महŒवपूर्ण रहेको बताए । एक सयभन्दा बढीको सहभागिता रहेको कार्यक्रम वाङ्मय चौतारी नेपालका अध्यक्ष गणेशभक्त गौतमको सभापतित्वमा सम्पन्न भएको हो ।
प्रकाशित मितिः   १५ चैत्र २०७२, सोमबार ०४:१८