विद्यार्थीद्वारा वृद्धाश्रमलाई सहयोग
सुर्खेत, १६ भदौ ।
उषा बालवाटिका माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूले बिहीवार प्रशान्ति वृद्धाश्रममा पुगेर वृद्धवृद्धाहरूलाई सहयोग गरेका छन् । विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्च कटाएर वृद्धवृद्धाहरूलाई सहयोग गरेका हुन् ।
एक सय केजी चामल, दाल, फलफूल र एक हजार दुई सय रूपैया“ नगद आर्थिक सहयोग गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख ऋषि शर्मा सुदामाले जानकारी दिए । कुशै औंशीको अवसर पारेर विद्यार्थीहरूमा सामाजिक सेवाको भाव विकास गराउन र प्रयोगात्मक कार्यलाई समेत सहयोग पुग्ने उद्देश्यका साथ वृद्धाश्रमको प्रत्यक्ष अवलोकन भ्रमण गराइएको शिक्षक शर्माले बताए ।
साझा बिसौनी संवाददाता ।