पत्रकारको सुरक्षाबारे छलफल

सुर्खेत : नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकारहरुको सुरक्षा, आवश्यक पर्ने कानुुन र न्यायको विषयमा छलफल गरेको छ । शाखा सुर्खेतको समन्वयमा केन्द्रीय समितिले यहाँ कार्यरत पत्रकारहरूको पेशागत सुरक्षा र भौतिक सुरक्षाका बारेमा छलफल गरेको हो । समाचार लेखेकै कारण पत्रकारमाथि साङ्घातिक आक्रमण हुने तथा धम्की दिने गरेको र पेशा असुरक्षित हुँदै गएको पत्रकारहरुले बताएका थिए । साथै उनीहरूले न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने, सहज रूपमा प्रेस पास उपलब्ध गराउनुपर्ने बताए ।

महासंघका केन्द्रीय महासविच रमेश विष्टले महासंघले सञ्चार माध्यमको संरक्षण र सम्र्बद्धनका लागि महासंघ लागि परेको बताए । उनले पत्रकारहरूको पेशागत अधिकार र सुरक्षाको रक्षा गर्न चुनौति भएको भन्दै महासंघ यस विषयमा गम्भीर ढङ्गले लागिरहेको बताएका हुन् । पत्रकारहरुको भौतिक र पेशागत सुरक्षा महŒवपूर्ण रहेको उनको भनाइ छ । कतिपय गैर आचरणका कारण पत्रकारहरूमाथि आक्रमण हुने गरेको उल्लेख गर्दै महासचिव विष्टले आफ्नो आचरणलाई पनि सुधार्न पत्रकारहरूलाई सुुझाव दिए ।

कार्यक्रममा प्रदेश महासंघका महासचिव दीपेन्द्र शर्माले कर्णालीका पत्रकारमाथि साङ्घातिक आक्रमण र धम्कीलगायतका घटना हुने गरेको बताए । प्रदेश सरकारले सञ्चारमाध्यमसम्बन्धी कानुन निर्माण गर्दा संस्थासँग समन्वय नगरेको उल्लेख गरे । पत्रकारहरूको सामाजिक सुरक्षाका लागि प्रदेश सरकारले बिमाका कार्यक्रम ल्याए पनि झन्झटिलो र बिमा वापतको पुरै रकमसमेत नपाउने गरेको उनले बताए । महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले व्यावसायिक सुरक्षाका लागि पत्रकाहरू आफैं पनि सचेत हुुनुुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः   ७ चैत्र २०७६, शुक्रबार ०८:५४