भदौ २६ देखि जिल्लास्तरीय छनौट

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ भदौ ।
आगामी मंसिरमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भदौ अन्तिम साता सुर्खेतमा जिल्लास्तरीय छनौट प्रतियोगिता हुने भएको छ । भदौ २६ देखि असोज ५ गतेसम्म जिल्लास्तरीय छनौट प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समिति सुर्खेतले जानकारी दिएको छ ।
समितिका अध्यक्ष चन्द्रप्रकाश गिरीले जिल्लास्तरीय छनौट प्रतियोगिताका लागि आवश्यक तयारी सुरु गरिएको जानकारी दिए । उनका अनुसार ११ दिनसम्म चल्ने जिल्लास्तरीय प्रतियोगिताबाट विभिन्न १८ खेलमा उत्कृष्ट खेलाडी छनौट गरिनेछ । जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरूले मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रतियोगितामा सहभागी हुन पाउनेछन् । क्षेत्रीय छनौट प्रतियोगिता आगामी असोज २६ देखि कार्तिक ३ गतेसम्म हुनेछ ।
क्षेत्रीय प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरू राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन् । राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १५ देखि २२ गतेसम्म पूर्वाञ्चलमा हुँदैछ । जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष गिरीले प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूलाई अहिलेदेखि नै तयारीमा लाग्न
अनुरोध गरे ।