घट्यो पेट्रोलियमको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमवारको निगम सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा दुई रूपैयाँका दरले मूल्य घटाइएको हो ।

घटाइएको मूल्य मध्यरातीबाट लागू हुँदैछ । हवाई इन्धनको आन्तरिक तर्फको मूल्यमा प्रतिलिटर चार रूपैयाँका दरले घटाइएको गोइतले जानकारी दिए । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।