सहकारी व्यवस्थापन तालिम
भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय कर्णाली प्रदेशले सहकारीका कर्मचारीलाई व्यवस्थापन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ । स्थानीय तहमा सहकारीका दक्ष जनशक्ति उत्पादन गर्ने र सहकारी प्रवद्र्धन तथा नियमनमा स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
तालिममा सहकारीको सैद्धान्तिक पक्ष, कानूनी व्यवस्था, सहकारी व्यवस्थापन, नियमन तथा अनुगमन लगायतका विषयमा प्रशिक्षण दिइएको कार्यालयले जनाएको छ । आइतवार तालिमको समापनमा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले दिगो विकास लक्ष्य प्राप्त गर्न र देशलाई समृद्ध गराउन सहकारीको भूमिका महŒवपूर्ण हुने औंल्याए । उनले तीनै तहका सरकार मिलेर सहकारी अभियान प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । स्थानीय तह सबैभन्दा नजिकको सरकार भएकाले सहकारीको प्रभावकारी नियमन गरी संख्यात्मक भन्दा गुणात्मक बनाउनु पर्ने उनले सुझाव दिए ।
पाँच दिनसम्म सञ्चालन भएको तालिममा सुर्खेत, दैलेख, सल्यान र जाजरकोटका विभिन्न स्थानीय तहका ३० जना सहकारी शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः ३ चैत्र २०७६, सोमबार ०८:५१
साझा बिसौनी ।