उपकुलपति सिंहले पदभार ग्रहण गरे

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्व–विद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले बिहीवार पदभार ग्रहण गरेका छन् । बिहीवार उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि बोल्दै उपकुलपति सिंहले चार वर्षभित्र विश्वविद्यालयलाई उदाहरणीय बनाएर देखाउने बताएका छन् । ‘विश्वविद्यालयलाई छोरा छोरीजस्तै मायाँ गरेर राख्छु ।, उनले भने ‘विश्वविद्यालय बने नागरिकका छोराछोरी बन्छन् ।’ कर्णालीको अशिक्षालाई हटाउनुपर्ने भन्दै उपकुलपति सिंहले यो काम विश्व–विद्यालयबाटै हुने बताए ।

उनले विश्वविद्यालय अब अख्तियारको ढोकामा नजाने भन्दै कर्णालीको शिक्षाको विकासका लागि सदैव अगाडि बढ्ने बताए । सम्भावनाको खानीका रूपमा रहेको कर्णालीका जनताको मेहनत र आशालाई अन्तर्राष्ट्रिय स्तरसम्म समन्वय गरि नयाँ प्रविधिको विकास गर्ने समेत नवनियुक्त उपकुलपति सिंहले बताए ।

प्रकाशित मितिः   ३० फाल्गुन २०७६, शुक्रबार ०५:०२