विश्वविद्यालयमा सरसफाइ

14164131_589950724521306_2122329170_oसाझा बिसौनी संवाददाता
सुर्खेत, १४ भदौ ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयको केन्द्रीय क्याम्पस परिसरमा मंगलवार सरसफाइ गरिएको छ । स्ववियु निर्वाचनमा विभिन्न विद्यार्थी संघ, सङ्गठनहरूले पोष्टर, पम्पलेट लगायतका प्रचार सामग्रीले क्याम्पस परिसर फोहोर भएको भन्दै अनेरास्ववियु मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीले सरसफाइ गरेको हो ।
सरसफाइ कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य हिरेन्द्र शाही, डम्बर सिंह, डम्बर बिसी, केन्द्रीय लेखा आयोगका सदस्य भुपेन्द्र शाही, पूर्व केन्द्रीय सदस्य राजकुमार शर्मा, विद्यार्थी नेता भुवन तिवारी, जिल्ला कमिटी सदस्य विष्णु महतरा लगायत विद्यार्थी नेताहरूको पनि सहभागिता रहेको राष्ट्रिय कमिटीका अध्यक्ष गगनसिंह ठकुरीले जानकारी दिए ।

प्रकाशित मितिः   १५ भाद्र २०७३, बुधबार ०४:५५