चालीस हजारलाई दादुरा–रुबेला खोप

सुर्खेत : सुर्खेतमा चैत एक गतेदेखि १९ गतेसम्म दादुरा–रूबेला खोप अभियान सञ्चालन गरिने भएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुुर्खेतले यस अभियान अन्तर्गत सुर्खेतका करिब ४० हजार बालबालिकालाई दादुरा–रूबेला खोप लगाइने जानकारी दिएको छ ।

बालबालिकालाई दादुरा–रूबेलाको संक्रमणबाट बचाउनका लागि अभियाननै सञ्चालन गरेर खोप लगाउन लागिएको कार्यालयले जनाएको छ । नौं महिनादेखि २३ महिनासम्मका ११ हजार आठ सय र २४ महिनादेखि ५९ महिनासम्मका २७ हजार आठ सय ८७ बालबालिकालाई खोप लगाइने छ । कार्यालयले जिल्लाभर पाँच सय ८० खोपकेन्द्र तोकेको छ ।

कार्यालयका खोप अधिकृत जितलाल ढकालले नेपालबाट दादुरा–रूबेला निवारण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको बताए । उनले नौं महिनादेखि पाँच वर्ष मुुनीका बालबालिकालाई खोप लगाइने जानकारी दिए । रूबेला पनि दादुरा जस्तै देखिने संक्रमण भएकाले यी दुुवै रोगको निवारणमा अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ ।

कार्यालयले तीन चरणमा गरेर दादुरा–रूबेला खोप लगाइने जनाएको छ । पहिलो चरणमा १ गतेदेखि ६ गतेसम्म वीरेन्द्रनगर नगरपालिका, दोस्रो चरणमा ८ गतेदेखि १३ गतेसम्म सिम्ता गाउँपालिका, गुुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र चौकुुने गाउँपालिकाका बालबालिकालाई खोप लगाइने छ । तेस्रो चरणमा १५ गतेदेखि १९ गतेसम्म भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका र चिङ्गाड गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुुख चेतननिधि वाग्लेले यस अभियानमा जनप्रतिनिधिहरूलाई जिम्मेवार बनाइएको बताए । उनले वडा तहका जनप्रतिनिधिले यस अभियानमा आफ्नो वडाको कोही पनि बालबालिका छुुटेको छैनन् भनेर प्रमाणीकरण गर्नुुपर्ने उल्लेख गरे । उनका अनुुसार सन् २०१९ मा कर्णालीमा सात जनामा दादुुरा र रूबेला देखिएको थियो । उनले तीन जनालाई दादुुरा र चार जनालाई रूबेला देखिएको जानकारी दिए । कम्तीमा पनि ९५ प्रतिशत बालबालिकाले खोप लगाएको हुुनुुपर्ने भए पनि ८७ प्रतिशतले मात्र दादुुराको खोप लगाउने गरेका छन् भने ७९ प्रतिशतले रूबेलाको खोप लगाएको वाग्लेले जनाए । अझै पनि दादुुरा र रूबेला जनस्वास्थ्यको समस्याको रूपमा रहेको उल्लेख गर्दै यसलाई निवारण गर्न अभियान चलाइएको जानकारी दिए । उनले अबको तीन वर्षमा नेपालबाट दादुरा–रूबेला निवारण गरिने लक्ष्य लिएको बताए ।

प्रकाशित मितिः   २९ फाल्गुन २०७६, बिहीबार ०९:३३