युवा रेडक्रस सर्कल गठन

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ भदौ ।
अमरज्योति माविमा भुवन खरालको अध्यक्षतामा १३ सदस्यीय युवा रेडक्रस सर्कल गठन गरिएको छ ।
जसको उपाध्यक्षमा किरण केसी, सचिवमा आर चलाउने, उपसचिवमा प्रमिला हमाल, कोषाध्यक्षमा केशव बस्नेत, उपकोषाध्यक्षमा प्रेम कँडेल, सदस्यहरूमा वीरेन्द्रकुमार शाही, देवी राना, सीता थापा, मेनका सिंह र चन्द्रा तिवारी चयन भएका छन् ।