तालिम सुरु

१४ भदौ । (साबिसु)
स्थानीय शान्ति परिचालन सम्बन्धी दुई दिने तालिम वीरेन्द्रनगरमा मंगलवारदेखि सुरु भएको छ । दलित राष्ट्रिय सङ्गठनको आयोजनामा सुरु भएको तालिममा विभिन्न संघ–संस्थामा आवद्ध महिला तथा द्वन्द्वबाट पीडित महिलाहरूलाई स्थानीय शान्ति प्रक्रियामा महिला सहभागिता तथा महिलाको नेतृत्व विकासका बारेमा जानकारी गराइएको थियो ।
तालिमको सहजीकरण दलित राष्ट्रिय सङ्गठनका बिमला विकले गरेकी थिइन् । तालिममा विभिन्न संघ–संस्थाका १४ जना महिलाहरूको सहभागिता रहेको थियो ।