कोकाकोला कपमा सुर्खेत छनौट

१४ भदौ । (साबिस)
सुर्खेत जिल्ला विद्यालयस्तरीय कोकाकोला कप राष्ट्रिय फुटबल प्रतियोगिताका लागि छनौट भएको छ । नेपालगन्जमा भएको क्षेत्रीय प्रतियोगिताको सेमिफाइनलमा कैलालीको मञ्जुश्री माविलाई ३–१ ले पराजित गरी फाइनल प्रवेश गरेपछि सुर्खेतको सैनिक आवासीय महाविद्यालय राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएको हो ।
क्षेत्रीय प्रतियोगिताको विजेता र उपविजेता टिम राष्ट्रिय प्रतियोगितामा छनौट हुने गर्दछ । सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष गोबद्र्धन खड्काले सुर्खेत पहिलो पटक क्षेत्रीय प्रतियोगिताको फाइनलमा प्रवेश गरी राष्ट्रिय प्रतियोगितामा छनौट हुन सफल भएको जानकारी दिए । सुर्खेतका लागि कमल गुरुङले २ र पवन शाहीले १ गोल गरेका थिए । फाइनल खेल आज बुधवार बाँकेसँग हुँदैछ । सुर्खेत जिल्ला पहिलोपटक राष्ट्रिय प्रतियोगितामा छनौट हुन सफल भएपछि सुर्खेतले फुटबलको क्षेत्रमा महŒवपूर्ण स्थान बनाउँदै गएको उनले जनाए ।

प्रकाशित मितिः   १५ भाद्र २०७३, बुधबार ०४:४६