कारागारलाई पाँच सय किताब हस्तान्तरण

सुर्खेत : कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले सुर्खेत कारागारलाई पाँचसय वटा पुुस्तक सहयोग गरेका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सुरु गरिएको कारागारमा किताब अभियानका लागि भण्डारीले शुक्रवार पाँच सय थान पुस्तक हस्तान्तरण गरेका हुुन् । उनले कारागारका जेलर लक्ष्मी खरेललाई पुस्तक हस्तान्तरण गरे ।

गत वर्ष कर्णालीका १० वटै जिल्लाका कारागारमा एकैसाथ पुस्तकालय स्थापना गरिएको थियो । प्रमुख सचिव भण्डारीले पुस्तकमार्फत नकारात्मक सोच बदल्न सकिने बताए । कैदीबन्दीलाई कारागारबाट निस्केपछि असल चरित्र सिकाउन यी किताबले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । उनले यस अभियानले कारागारलाई सुधारगृह बनाउने अवधारणालाई बल पु¥याएको बताए ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७६, शनिबार ०५:०५