जीप दुर्घटनामा तीन जनाको मृत्युु

सुर्खेत : सुुर्खेतमा यात्रुवाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधवार बिहान दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका वडा नं. १५ स्थित रातानाङ्ला–धरमपोखरा सडकखण्ड अन्र्तगत सुर्खेत र दैलेखको सीमानामा पर्ने राउटे गल्छेनामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर चिङ्गाड गाउँपालिका–६ का देवबहादुर खड्का, बाँकेको कोहलपुर नगरपालिकाका खड्कबहादुर बिसी र उनकी श्रीमती गोमा बिसीको मृत्युु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परी चार जना घाइते भएका छन् । कार्यालयका डीएसपी रवि रावलले चिङ्गाड गाउँपालिका–६ का दुर्गाबहादुर गाहा, चन्द्रा गाहा, जीपका सञ्चालक वीरेन्द्रनगर–६ का नरे नेपाली र वीरेन्द्रनगर–१६ का लक्ष्मी ज्ञवाली घाइते भएको जानकारी दिए । घाइतेमध्ये दुर्गाबहादुर गाहाको अवस्था सामान्य रहेको र अन्यको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । डीएसपी रावलले घाइतेहरूको वीरेन्द्रनगर स्थित प्रदेश अस्पतालमा उपचार भइरहेको जनाए । जीपमा सात जना सवार रहेका थिए । जीप सडकबाट करिब चारसय मिटर तल खसेको थियो ।

प्रकाशित मितिः   २२ फाल्गुन २०७६, बिहीबार ०५:०५