वृक्षारोपण सम्पन्न

सुर्खेत, १३ भदौ । (साबिस)
५३ औं राष्ट्रिय खेलकुद परिषद् स्थापना दिवसको अवसरमा जिल्ला खेलकुद विकास समिति सुर्खेतले विभिन्न कार्यक्रम गरी मनाएको छ । समितिले सोमवार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीको संयोजत्वमा प्रभातफेरी र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । गिरीले कार्यक्रममा खेल र खेलाडी जगतलाई राष्ट्र तथा अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन सम्बन्धित निकायसँग समन्वय गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मितिः   १४ भाद्र २०७३, मंगलवार ०४:५४