वामको सामाजिक लेखापरीक्षण

सुर्खेत, १३ भदौ । (साबिस)
सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) ले आर्थिक वर्ष २०७२÷०७३ को सामाजिक लेखापरीक्षण सम्पन्न गरेको छ । सोमवार वीरेन्द्रनगरमा गरिएको कार्यक्रममा संस्थाका कार्यकारी अधिकृत मधुरानी ढकालले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
यस्तै, संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै लेखा अधिकृत विनोद विष्टले तीन करोड ८६ लाख ४८ हजार तीन सय ७७ रूपैयाँ जम्मा रकममध्ये तीन करोड ७१ लाख ८६ हजार ५३ रूपैयाँ खर्च भएको जानकारी दिए । कार्यक्रमका सहभागीहरूले समाजमा सहिष्णुता कायम गर्न सफल भएको र महिलाहरूमा सशक्तीकरण ल्याउन सहयोग पु¥याएको भन्दै अझै विस्तारित रूपले काम गर्न सुझाव दिएका थिए । संस्थाका अध्यक्ष यमुना नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सुर्खेतका गाविसमा वाम संस्थाबाट सञ्चालित भएका समूहहरूमा आवद्ध भएका महिलाहरू लगायतको सहभागिता थियो ।

प्रकाशित मितिः   १४ भाद्र २०७३, मंगलवार ०४:५३