उपकुलपतिमा सिंह नियुक्त

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्व–विद्यालयको उपकुलपतिमा प्रा.डा. नन्दबहादुर सिंह नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र विभागमा प्राध्यापक रहेका सिंहलाई आइतवारको मन्त्रिपरिषद् बैठकले उपकुलपतिमा नियुक्त गरेको हो ।

विगत चार महिनादेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पद रिक्त रहेको थियो । तत्कालीन उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको पदावधि सकिएपछि पद रिक्त रहेको हो  ।

प्रकाशित मितिः   २० फाल्गुन २०७६, मंगलवार ०९:२५