सुर्खेतका नविन ‘धर्मश्री’का लागि भिड्ने

साझा बिसौनी संवाददाता
सुर्खेत, १२ भदौ ।

सुर्खेतका नविन योगीले राष्ट्रियस्तरको शारीरिक सुगठन प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । आगामी असोजमा धरानमा हुने प्रतियोगितामा सुर्खेतबाट पहिलो पटक योगीले भाग लिन लागेका हुन् ।

योगीले ५५ केजी तौल समूहमा धर्मश्री उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । धर्मश्री शारीरिक सुगठनतर्फको नेपालकै चर्चित र महŒवपूर्ण उपाधि मानिन्छ । सुर्खेतको मिडवेस्टर्न फिट्नेश सेन्टरकाका उत्पादन योगी प्रतियोगितामा सहभागी हुनुपूर्व काठमाडौंमा विशेष प्रशिक्षणमा सहभागी हुनेछन् । काठमाडौंमा हुने २५ दिनको विशेष प्रशिक्षणमा भाग लिनका लागि उनी आइतवार त्यसतर्फ लागेका छन् ।

मिडवेस्टर्न फिट्नेस सेन्टरलाई आइतवार उनको बिदाई गरेको छ । नविन सम्भावनायुक्त बडीविल्डर भएको भन्दै सेन्टरका सञ्चालक एवम् प्रशिक्षक प्रमोद हमालले उनीबाट धर्मश्री उपाधिको अपेक्षा गर्न सकिने बताए ।