सडकका खाल्डा पुुर्न नागरिक आफै जुटे

सुर्खेत : सम्बन्धित निकायले ध्यान नदिएपछि सडकका खाल्डाखुुल्डी पुुर्न नागरिक आफै जुुटेका छन् । वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १३ स्थित इन्द्रपुुरका नागरिकले आफै खाल्डाखुुल्डी पुर्न थालेका हुन् । मदन भण्डारी राजमार्गको धुुलियाविटदेखि झुप्राखोला नजिक रामचोकसम्मको करिब तीन किलोमिटर सडक खाल्डाखुल्डी पुर्नुका साथै मर्मत गरेका छन् । गाउँमा खाल्डाखुुल्डी भएर बिरामी लिन एम्बुुलेन्स समेत जान नसकेपछि आफै खाल्डाखुुल्डी पुर्न थालेको स्थानीय नागरिकले बताएका छन् ।

स्थानीय युुवा कविनाथ योगीको अगुवाइमा नागरिकले सडकका खाल्डाखुुल्डी पुर्ने काम गरेका हुुन् । योगीले आफ्नो खर्चमा करिब ३४ टिप्पर माटो र ढुङ्गा ल्याएर सडकका खाल्डा पुर्ने काम गरेको बताए । उनले खाल्डाखुुल्डी पुर्दा खर्च आफूले गरेको र अन्य नागरिकले पनि साथ दिएको जानकारी दिए । सडकमा खाल्डाखुुल्डी भएर आवात–जावतमा समस्या भएपछि वडा कार्यालयलाई पटक–पटक भन्दा पनि काम नगरेपछि आफैले काम गरेको उनको भनाइ छ । वडा कार्यालयले सडकका खाल्डा पुर्न जेसीबी उपलब्ध गराउने र अरु व्यवस्था स्थानीयले गर्नुपर्छ भनेपछि आफूहरूले नै सडकका खाल्डा पुर्न थालेको योगीले बताए ।

कलबहादुर खाँण ठकुरीले आफूहरूले श्रम लगाएर सडकमा भएको खाल्डा पुरेको बताए । नगरपालिकाका कर्मचारीदेखि जनप्रतिनिधि पनि हिँडिरहने सडक स्तरोन्नतिमा भने कसैको ध्यान नपुगेको उनको भनाइ थियो । हिलाम्मे सडकमा आफूहरूलाई हिँड्न समस्या भएपछि आफै खाल्डाखुुल्डी पुर्न थालेको उनीहरूले बताए । यता वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुुख मोहनमाया ढकालले सडकका खाल्डाखुल्डी प्राथमिकताको आधारमा पुुर्ने काम भइरहेको बताइन् । उनले समस्या भएको ठाउँमा नगरपालिकामा खबर आएपछि पुुर्ने काम गरेको उल्लेख गरिन् ।

प्रकाशित मितिः   १६ फाल्गुन २०७६, शुक्रबार १०:३२